मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विवादको घेरामा नयनताराको ‘अन्नपूर्णी’,नेटफ्लिक्सबाट पनि हट्यो

काठमाडौँ – दक्षिण भारतीय अभिनेत्री नयनतारको फिल्म ‘अन्नपूर्णी’ लाई लिएर विवाद बढ्दै गएको छ । एकातर्फ उनी विरुद्ध एफआरआई दर्ता भएको छ भने अर्कातर्फ नेटफ्लिक्सले समेत उनको फिल्म हटाई दिएको छ । 

गत १ डिसेम्बरमा रिलिज भएको यो फिल्म त्यसपश्चात् ओटीटी प्लाटफर्म नेटफ्लिक्समा समेत रिलिज भयो । तर रिलिज भएको १ महिनापछि फिल्मलाई लिएर विवाद सुरु भएको हो ।

विरोध गर्नेहरूले फिल्ममा भगवान श्रीरामलाई लिएर आपत्तिजनक टिप्पणी गरिएको आरोप लगाएका छन् । जसले करोडौँ हिन्दुहरूको भावनामा ठेस पुर्‍याएको उनीहरूको दाबी छ ।

निलेश कृष्णा निर्देशित ‘अन्नपूर्णी’ मा यो भूमिका नयनताराले निभाएकी छन् । जुन पात्र पुजारीकी छोरी भए पनि सानैबाट शेफ बन्न चाहन्छिन् । 

यही सन्दर्भमा ट्रेनिङ गरेको एक दृश्यमा चिकेन काट्न नसकेर ‘अन्नपूर्णी’ बेहोस नै हुन्छिन् । यही अवस्थामा उनलाई सम्झाउने क्रममा रामायणको उदाहरण दिइएको छ ।

यही क्रममा भगवान श्रीराम वनवासमा रहँदा भोक लाग्दा जनवार मारेर खाएको र उनीहरू मांसाहारी रहेको टिप्पणी गरिएको छ । 

फिल्मको विरोध गर्नेहरूले आपत्ति जनाएको विषय यही हो । जसले नयनतारा चौतर्फी विवादको केन्द्रमा रहँदा उनीसहित निर्देशक,निर्माता र नेटफ्लिक्स भारत विरुद्ध हिन्दुवादी सङ्गठनले मुम्बईमा एफआरआई दर्ता गराएका हुन । 

अहिले नेटफ्लिक्स बन्दसम्मकै आवाज उठ्दा उसले यो फिल्म हटाएको हो । तर विवादित दृश्य हटाएपछि फिल्म नेटफ्लिक्स फेरि स्ट्रिम हुने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?