मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो टेम्पोररी इमेल अकाउन्ट, यो किन आवश्यक छ ?

काठमाडौँ– पछिल्लो समय कार्यालय प्रायोजनको लागि होस या व्यक्तिगत कामका लागि धेरै गुगलको जिमेल सेवा प्रयोग गर्ने गर्छन् । सूचनाहरू आदानप्रदान गर्नका लागि इमेल सेवा महत्त्वपूर्ण साबित भएको छ । 

तर धेरै मानिसलाई इमेलको टेम्पोररी इमेल अकाउन्ट सेवाको बारेमा थाहा नहुन पनि सक्छ । आज हामी तपाइलाई स्पाम इमेलका साथै डेटा सुरक्षामा सहयोग गर्ने टेम्पोररी ईमेल अकाउन्ट सेवाका बारेमा जानकारी दिँदै छौँ । 

यदि तपाइले कुनै नयाँ वेबसाइटमा अकाउन्ट बनाउन चाहनुभयो भने धेरैले इमेल एड्रेस माग गर्छन्  । त्यसपछि ती साइटले तपाईँलाई दैनिक वा साप्ताहिक रूपमा इमेलमा समाचार, सेल्स अफर, नोटिफिकेसन र अन्य विभिन्न सामग्री पठाउन थाल्दछन् । 

यस्ता इमेल एड्रेस बाट तपाईँको डाटा पनि लिक हुनसक्छ । यस किसिमको समस्याबाट बच्नको लागि बनाइने फेक इमेल अकाउन्ट नै टेम्पोररी इमेल अकाउन्ट हो । 

यस प्रकारका टेम्पोररी ईमेल अकाउन्ट निःशुल्क बनाउन सकिन्छ । त्यही माथि यी क्षणिकका लागि हुने भएकाले तपाईँले यिनको व्यवस्थापन गर्नेबारे पनि चिन्ता गरिरहनु पर्दैन । 

यसो हुँदा यिनलाई तपाईँले सफ्टवेयर तथा फाइल डाउनलोड गर्न, अनलाइनमार्फत सामान खरिद गर्न, अस्थायी सञ्चार गर्न प्रयोग गर्न सक्नुहुन्छ । 

टेम्पोररी इमेल अकाउन्ट पनि दुई किसिमका हुन्छन् । तपाईँले आफ्नो स्थायी अकाउन्ट जिमेल वा आउटलुकबाट स्थायी टेम्पोररी इमेल एड्रेस बनाउन सक्नुहुन्छ ।

यसरी बनाउन सकिन्छ थ्रोअवे ईमेल एड्रेस :

– लगइन गरेर जिमेलको सेटिङमा जाने ।

– अकाउन्टस् एन्ड इम्पोर्टसमा क्लिक गर्ने । 

– सेन्ड मेल एजुमा क्लिक गर्ने । 

– त्यहाँ आफ्नो नाम र नयाँ इमेल ठेगाना राखेर अर्को चरणका लागि ‘नेक्स्ट स्टेप’ मा क्लिक गर्ने । 

– प्राइमरी मेलबाट उक्त मेललाई भेरिफाई गर्ने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?