काठमाडौँ – शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
बिहीबार प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भएर रेकर्ड बनाएको छापावाल सुनको मूल्य शुक्रबार घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया