मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मेकअप गर्दा यी कुरामा ध्यान दिनुहोस्

काठमाडौँ– राम्रो हुने मन कसैलाई पो हुँदैन र ? जहाँसम्म तपाईँले आफूलाई सुन्दर बनाउने कुरा छ, हरेक प्रकारका मेकअपले तपाईँलाई सुन्दर नै बनाउँछ । 

छालाको प्राकृतिक रङ्गसँग मिल्ने हल्का मेकअप प्रायः सबैलाई सुहाउँछ । आँखामा न्यूट्रोल टोन उत्कृष्ट देखिन्छ । कम उमेरका किशोरी तथा वृद्धाहरूलाई यस्ता मेकअप सुहाउँछ भने टिनएजर्स युवतीहरूले त आफ्नो रोजाइका रङ्ग प्रयोग गर्दै मेकअप गर्न सक्छन् ।

काठमाडौँ– राम्रो हुने मन कसैलाई पो हुँदैन र ? जहाँसम्म तपाईँले आफूलाई सुन्दर बनाउने कुरा छ, हरेक प्रकारका मेकअपले तपाईँलाई सुन्दर नै बनाउँछ ।  छालाको प्राकृतिक रङ्गसँग मिल्ने हल्का मेकअप प्रायः सबैलाई सुहाउँछ । आँखामा न्यूट्रोल टोन उत्कृष्ट देखिन्छ ।

कम उमेरका किशोरी तथा वृद्धाहरूलाई यस्ता मेकअप सुहाउँछ भने टिनएजर्स युवतीहरूले त आफ्नो रोजाइका रङ्ग प्रयोग गर्दै मेकअप गर्न सक्छन् ।

यस्तैमा हामी आज मेकअप गर्दा ध्यान दिनुपर्ने कुराबारे जानकारी दिँदै छौँ

– मेकअप गर्नुअघि सफा पानीले अनुहार धुनुपर्छ । त्यसमा हल्का मोस्चराइजर लगाउने र केही मिनेटपछि फाउन्डेसन प्रयोग गर्नुपर्छ । 

– मेकअप सामग्रीमा क्वालिटीको लिक्विड फाउन्डेसनको प्रयोग गर्नुपर्छ । यसलाई नरम मेकअप ब्रसले लगाउनुपर्छ । यसले अनुहारलाई चम्किलो बनाउँछ । फरक लुक्स दिन पनि सहयोग पुग्छ । 

– सकभर लाइट मेकअप गर्नु राम्रो हुन्छ । मेकअपमा फिनिसिङ टच दिँदा ब्लस अनिवार्य प्रयोग गर्दा राम्रो हुन्छ । अनुहारको चमक बढाउन ब्लसको प्रयोग गरिन्छ । यसले अनुहारको सेपलाई सुधार्न सहयोग गर्छ र असन्तुलित मेकअपलाई ठिक बनाउँछ । 

– जथाभाबी मेकअप प्रडक्ट प्रयोग गर्दा  छालामा असर पुग्न सक्ने भएकाले राम्रो क्वालिटीको प्रडक्ट प्रयोग गर्नुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?