काठमाडौँ – अमेरिकी कम्पनी एप्पलले भारतमा आफ्नो उत्पादन बढाउने तयारी गरेको छ। आगामी तीन–चार वर्षमा देशमा कुल आईफोन उत्पादनको २५ प्रतिशत उत्पादन मा गर्ने लक्ष्यमा एप्पल छ ।
यसका लागि चिनियाँ बिक्रेताहरुबाट सामग्री लिनुको सट्टा स्थानीय बिक्रेताहरूको सञ्जाल निर्माण गरिरहेको छ।
गत वर्षको अन्त्यसम्ममा, एप्पलको कुल आईफोन उत्पादनको १४ प्रतिशत भारतमा भएको थियो। स्वदेशमै बिक्रीसँगै यी आइफोन निकासी पनि भइरहेका छन्। सन् २०२७ वा २०२८ सम्ममा उत्पादनलाई २५ प्रतिशतमा पुर्याउने एप्पलको लक्ष्य छ।
देशमा उत्पादित अधिकांश आईफोनहरू ताइवानको फक्सकनले उत्पादन गर्छन्। गत आर्थिक वर्षको अन्त्यसम्ममा भारतमा करिब १४ अर्ब डलर मूल्यका आईफोनहरू बनेका थिए।
गत वर्ष अक्टोबरमा, टाटा इलेक्ट्रोनिक्सले अर्को ताइवानको कन्ट्र्याक्ट निर्माता विस्ट्रोनको उत्पादन कारखाना खरिद गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया