मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सफ्टवेयर इन्जिनियरका रूपमा एआई, जसले नयाँ एआई टुलको विकास गरी तालीम पनि दिन सक्छ 

काठमाडौँ– पछिल्लो समय एआई प्रविधिको विकास तीव्र रूपमा भइरहेको छ । 

यो सँगै एआई प्रविधि ‘डेभिन’ को रूपमा विश्वकै पहिलो एआई सफ्टवेयर इन्जिनियरका रूपमा तयार भएको छ । 

अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार ‘डेभिन’ धेरै शक्तिशाली छ । जसले छोटो समयमै  कोडिङ तथा कुनै एप समेत विकास गर्न सक्छ । 

यस्तै डेभिनले कुनै साइटमा रहेका कमजोरीहरूलाई पनि हटाउन सक्ने बताइएको छ । 

अमेरिकाको क्यालिफोर्नियास्थित कग्निसन ल्याब्स नामक स्टार्टअप कम्पनीले यो एआई सफ्टवेयर इन्जिनियरको निर्माण गरेको हो । 

कम्पनीका अनुसार डेभिनले इन्जिनियरको प्रयोगात्मक अन्तरवार्ताको परीक्षा समेत उत्तीर्ण गरेको छ । 

साथै यसले कुनै अर्को एआई टुलको विकास गरी तालीम पनि दिन सक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । 

तर डेभिन प्रयोगकर्ताले अहिले नै प्रयोग भने गर्न पाउने छैनन् । यसलाई आम प्रयोगकर्ताका लागि व्यावसायिक रूपमा कहिलेदेखि उत्पादन गर्ने भन्ने बारेमा कम्पनीले कुनै विवरण सार्वजनिक गरेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?