मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अल्लु अर्जुनको ‘पुष्पा २ द रुल’ निर्धारित मितिमै रिलिज हुने

काठमाडौं – अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २ द रुल’का दर्शकहरुका लागि ठूलो खुसीको खबर आएको छ । ‘पुष्पा २ द रुल’ सन् २०२१ मा रिलिज भएको ‘पुष्पा द राइज’ को सिक्वेल हो ।

अल्लु अर्जुन र रश्मिका मन्डन्नाको मुख्य भूमिका रहेको यो चलचित्रको घोषणा भएदेखि नै दर्शकमा यो चलचित्रप्रति निकै उत्साह छ । पछिल्ला केही दिनदेखि फिल्मको रिलिज मिति सारिएको चर्चा धेरै आएको थियो । यद्यपी, फिल्मको टिमले अफवाहलाई धेरै हदसम्म नदिई यी रिपोर्टलाई सिधै अस्वीकार गरेको छ ।

‘पुष्पा द राइज’ र ‘पुष्पा २ द रुल’का निर्देशक सुकुमारको जन्मदिनको अवसरमा ‘पुष्पा’ फ्रेन्चाइजीका निर्माताहरूले आफ्नो प्रोडक्सन हाउसको सामाजिक सञ्जाल ह्यान्डलबाट एउटा तस्विर शेयर गर्दै फिल्मका निर्देशक सुकुमारलाई जन्मदिनको शुभकामना दिएका छन्

यसको क्याप्शनमा लेखिएको छ, ‘पुष्पा’ को जादुई संसार सिर्जना गर्ने अद्भुत फिल्म निर्देशक सुकुमारलाई जन्मदिनको शुभकामना । ‘पुष्पा २ द रुल’ अघिल्लो फिल्मको तुलनामा निकै ठूलो र उत्कृष्ट छ । यो फिल्म १५ अगस्त २०२४ मा विश्वभर रिलीज हुनेछ । यो घोषणासँगै निर्माण पक्षले चलचित्र निर्धारित मितिमा मात्रै रिलिज हुने स्पष्ट पारेको छ ।

यस वर्षको अगस्ट १५ सिनेमा प्रेमीका लागि निकै विशेष रहनेछ । यही दिन अल्लु अर्जुनको दमदार अभिनयको फिल्म ‘पुष्पा २ द रुल’ हलमा रिलिज हुँदैछ भने रोहित शेट्टीको फिल्म ‘सिंघम अगेन’ पनि सोही दिन दर्शकलाई मनोरञ्जन दिन तयार छ ।
बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले ट्विट गर्दै भनेका छन्, ‘पुष्पा २ द रुल’ को रिलिज मिति लम्बिएको छैन । कुनै पनि प्रकारको अफवाहमा ध्यान नदिनुहोस्। दुवै फिल्म अगस्ट १५ मा रिलिज हुँदैछन् ।

‘पुष्पा द राइज’का दर्शकहरु ‘पुष्पा २ द रुल’ को प्रतिक्षामा छन् । ‘पुष्पा २ द रुल’ मा अल्लु अर्जुन र रश्मिका मन्डन्ना पनि मुख्य भूमिकामा देखिनेछन् । यो फिल्म पनि अघिल्लो फिल्म जस्तै धमाकेदार बन्ने दर्शकको अपेक्षा छ । ‘सिंघम अगेन’ मा अजय देवगन, करिना कपूर, दीपिका पादुकोण, टाइगर श्राफ र अर्जुन कपूर महत्वपूर्ण भूमिकामा देखिनेछन् । रोहित शेट्टीको यो फिल्मलाई लिएर दर्शकमा निकै उत्साह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?