काठमाडौँ– श्रेया गिरी २०२४ को एशियाका प्रभावशाली युवाको सूचीमा छनोट भएकी छिन् । बिहिबार फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा उनी छनोट भएकी हुन् ।
म्यागेजिनले एशियाबाट ३० वर्ष मुनिका ३० जनाको सूची छनोट गरेको हो । त्यसमध्ये उनी पनि छनोट भएकी हुन् ।
उनी मानसिक स्वास्थ्य सम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक हुन् ।
२८ वर्षीय गिरीले लण्डनमा स्नातकोत्तर अध्ययन गरिरहँदा कोरोना महामारीको समयमा मानसिक स्वास्थ्यमा समस्या परेको थियो । उनले अध्ययन सकेर नेपाल आएपछि उनले ‘ह्याप्पी माइन्ड्स’ सुरु गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया