मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बढ्यो सुनको मूल्य, यस्तो छ आजको कारोबार दर

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले बढ्दै १ लाख ३८ हजार ४ सय रुपैयाँ पुगेको हो ।

त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्यमा भने वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?