म्याग्दी– सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम शुरु भएको छ ।
बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको सभा हलमा शुरु भएको १५ दिने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गरे ।
नगरप्रमुख केसीले सङ्गीतमा सकारात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताए । कला, संस्कृतिको संरक्षणका निम्ति नगरपालिकाले तालिम सञ्चालन गरेको उनले बताए ।
कार्यक्रममा नगरका उपप्रमुख ज्योति लामिछानेले महिलालाई गाउँघरमा बेलाबेलामा आयोजना हुने भजन कीर्तन लगायत धार्मिक–सांस्कृतिक कार्यक्रममा मादल बजाउन सक्ने बनाउन तालिमको आयोजना गरिएको बताइन ।
तालिममा बेनी नगरपालिका भित्रका आमा समूह तथा महिलाले नेतृत्व गरेका सङ्घसंस्थाका ६० जना सहभागी भएका छन् । तालिमको सहजीकरण कलाकार तथा वाद्य वादक दिनेश पुन र अमित विश्वकर्माले गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया