मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सूर्यमा दुई ओटा विस्फोट, किन जारी गर्‍यो नासाले चेतावनी ?

काठमाडौँ– अमेरिकी स्पेस एजेन्सी (नासा)ले गत शुक्रबार र शनिबार सूर्यको सतहमा दुई वटा ठुला विस्फोटहरू भएको जनाएको छ ।  

सूर्यमा भएका यी विस्फोटहरू नासाको सोलार डाइनामिक्स अब्जर्भेटरीले रेकर्ड गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । 

सोलार डाइनामिक अब्र्जभेटरी (एसडीओ) ले द्वारा दुई शक्तिशाली सौर्य ज्वालाहरूको तस्वीर खिचेको नासाले जनाएको छ । सौर्य विस्फोटपछि अन्तरिक्षमा छरिएको प्रकाशको खेल विश्वभर देखिएको थियो । जसलाई अरोरा भनिन्छ । 

यसले पृथ्वीको वायुमण्डलमा छरिएर गुलाबी, हरियो र बैजनी रङ्गले घेर्ने गर्छ । युरोपदेखि अस्ट्रेलियासम्म आकाशमा अरोराका घटनाहरू देखिएका थिए ।

यस्तै सूर्यमा भएको विस्फोटका कारण उत्पन्न भएको सौर्य ऊर्जाको तुफान पृथ्वीतिर आइरहेको पनि नासाले जनाएको छ । जसका कारण इलन मस्कको कम्पनी स्पेस एक्सको स्याटेलाइट शाखा स्टारलिंकका स्याटेलाइटहरु समेत प्रभावित भएको बताइएको छ ।

यो घटनापछि नेशनल ओशिनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन (नोआ) ले अलर्ट जारी गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?