मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन विवादमा तानियो बलिउड अभिनेत्री करीनाको पुस्तक ?

काठमाडौँ – बलिउड अभिनेत्री करीना कपूरद्वारा लिखित पुस्तक प्रकाशित भएको तीन वर्षपछि विवादमा परेको छ । 

आफ्नो गर्भावस्थाको अनुभव साटिएको उनको पुस्तक  ‘करीना कपूर खान बाइबिलः द अल्टीमेट मेन्युल फर मम्स टु बी’ पुस्तकका उल्लेखित ‘बाइबिल’ शब्दलाई लिएर अदालतले कारण माग गरेको हो । 

सन् २०२१ मा सार्वजनिक यो पुस्तकमा करीनाले तैमूर र जेह गर्भमा रहँदाको अनुभव समेटेकी थिइन् । जसलाइ  लिएर वकिल क्रिस्टोफर एन्थोनीले करीना र बुक बिक्रेताविरुद्ध उजुरी दर्ता गराएका थिए ।

साे मुद्दामा  मध्य प्रदेशको हाई कोर्टका न्यायाधिस गुरपाल सिंह अहलूवालियाको एकल इजलासले कानुनी कारण मागेको हो । 

मध्य प्रदेशको जबलपुरका सामाजिक अभियन्ता  एन्थोनीले पुस्तकको नाममा प्रयोग गरिएको ‘बाइबिल’ शब्दले इसाई समुदायको भावनामा चोट पुर्‍याएको दाबी गरेका छन् ।

उनका अनुसार विश्वभर इसाई धर्मको पवित्र किताब  ‘बाइबिल’लाई करीना कपूर खानको प्रेग्नेन्सीको तुलना  गर्नु गलत हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?