मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

४ दिनदेखि प्रहरीको हिरासतमा गायक रवि ओड

कैलाली – नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओड आफै बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए । 

वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप  लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएपछि उनीविरुध्द पक्राउ पुर्जी जारी भएको थियो । 

तर साङ्गीतिक कार्यक्रममा देश बाहिर रहेका कारण ओड पक्राउ परेका थिएनन् । नेपाल आए लगत्तै उनी आफै इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन् । 

इलाका प्रहरी कार्यालय झलारीको हिरासतमा रहेका उनमाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?