मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजदेखि टोखाद्धारा विष्णुमती नदी सरसफाइ अभियानको शुभारम्भ

काठमाडौँ – काठमाडौँको टोखा नगरपालिकाले विष्णुमती नदी सरसफाइ अभियानको शुभारम्भ गरेको छ । कला संस्कृतियुक्त स्वच्छ समुन्नत टोखा नगर भन्ने मूल नारा बोकेको टोखाले आजदेखि विष्णुमती नदी सरसफाइ अभियान शुभारम्भ गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले विष्णुमती खोलालाई सफा बनाउनका लागि खोलाभित्र फालिएको फोहोर हटाइएको जानकारी दिए । उक्त अभियानका क्रममा नदी वरपर फालिएका फोहरको व्यवस्थापन गर्नुका साथै झारहरु हटाइएको छ ।

टोखा नगरपालिका–८ स्थित मेरिगोल्ड पार्टी प्यालेसबाट सुरु गरिएको उक्त अभियानमा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयवासी, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

टोखाले आगामी हप्तादेखि हरेक आज सरसफाइ अभियानलाई निरन्तरता दिने प्रमुख प्रशासकीय अधिकृत विसीले बताउनुभयो । सो नगरपालिकाले विष्णुमती नदी र त्यसवरपरको फोहोरलाई व्यवस्थापन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?