मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिटकीरीका यती धेरै फाइदा

फिटकीरीमा हुने म्याग्नेसियम सल्फेट मानव कोषको महत्त्वपूर्ण हिस्सा हो । म्याग्नेसियमले शरीरमा तीन सयभन्दा बढी एनजाइम्सलाई सक्रिय बनाएर स्वस्थ राख्न मद्दत गर्छ । फिटकीरीका फाइदा र प्रयोग गर्ने तरिका यहाँ प्रस्तुत गरिएको छ–

१. हप्तामा एक पटक मनतातो पानीमा फिटकीरी र डिप कन्डिसनर बराबर मात्रा मिलाएर कपालमा लगाएर १५–२० मिनेटपछि चिसो पानीले धुँदा कपाल कालो र बाक्लो बन्छ ।

२. हप्तामा दुई–तीन पटक तातोपानीमा एक कप फिटकीरी पाउडर मिलाएर १०–१५ मिनेटसम्म राखिदिने र त्यसपछि नुहाउने । फिटकीरीमा हुने म्याग्नेसियमले शरीरभित्रको हानिकारक पदार्थ बाहिर निकालिदिन्छ ।

३. एक कप पानीमा दुई चम्चा फिटकीरी घोलेर घामले डढेको भागमा लगाउने । १० मिनेटपछि धोइदिने, घामले डढेको ठाउँमा राहत मिल्छ ।

४. बाथ टबमा फिटकीरी पानी राखेर नुहाउँदा मुटु स्वस्थ रहन्छ । हर्ट अट्याकको खतराबाट जोगाउन मद्दत गर्छ ।

५. फिटकीरीमा भएको म्याग्नेसियमले जोर्नीको दुखाइमा फाइदा गर्छ । तातो पानीमा फिटकीरी राखेर दुखेको भागमा मालिस गर्दा आराम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?