मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

माल्दिभ्सबाट भारतीय सैनिक फिर्ता

काठमाडौँ – भारतले माल्दिभ्सबाट निर्धारित समयभन्दा पहिले नै आफ्ना सबै सेना फिर्ता गरेको बताएका छन् । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले सरकारले भारतीय सैनिक फिर्ताको लागि मे १० को समयसीमा तोकेको थियो ।

राष्ट्रपति मुइज्जुलाई चीन समर्थक नेताका रूपमा हेरिन्छ । गत वर्षको राष्ट्रपति चुनाव अभियानमा मुइज्जुको मुख्य वाचा माल्दिभ्समा तैनाथ ९० भारतीय सैनिकलाई फिर्ता पठाउने थियो ।

राष्ट्रपति कार्यालयका मुख्य प्रवक्ता हिना वलीदले मालदिभ्समा तैनाथ भारतीय सेनाको अन्तिम ब्याचलाई भारत फिर्ता पठाएको बताएकी छन् । भारतीय सेनालाई माल्दिभ्समा दुईवटा हेलिकप्टर र डोर्नियर विमानको सञ्चालन र मर्मतका लागि तैनाथ गरिएको थियो जुन भारतले नै उपहार दिएको थियो ।

यसअघि माल्दिभ्स सरकारले सोमबार ५१ सैनिकलाई भारत फिर्ता पठाएको घोषणा गरेको थियो । माल्दिभ्स सरकारले यसअघि ८९ भारतीय सैनिक यहाँ रहेको जानकारी दिएको थियो । अब प्राविधिक कर्मचारीले तीनवटा उड्डयन मञ्च सञ्चालनको जिम्मा लिनेछन् ।

राष्ट्रपति मुइज्जुले भारतीय सैनिक फिर्ता गर्न आग्रह गरेपछि दुई देश ९भारत र माल्दिभ्स० बीच तनावपूर्ण स्थिति सिर्जना भएको थियो । माल्दिभ्स हिन्द महासागरमा भारतको लागि प्रमुख समुद्री छिमेकी देशको रूपमा चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?