मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इमेलबाट कसरी पठाउने ठूला आकारका फाइल ? 

काठमाडौँ– सूचनाहरू आदानप्रदान गर्न गुगल स्वामित्वको इमेल सेवा आजकाल महत्त्वपूर्ण साबित भएको छ ।

व्यावसायिक प्रयोजनका लागि वा व्यक्तिगत कामका लागि कतिपय अवस्थामा सबैले इमेलहरू पठाउने गर्छन् । 

इमेलबाट विभिन्न किसिमका फाइलहरू पठाउन सकिन्छ । तर त्यसमा २५ एमबीभन्दा ठुला फाइलहरू पठाउन सकिँदैन ।  आज हामी तपाइलाई इमेलमार्फत नै धेरै ठुला फाइलहरू पठाउने उपायका बारेमा जानकारी दिँदै छौँ ।

गुगल ड्राइभ 

इमेलमार्फत ठूला साइजका फाइल पठाउनका लागि गुगल ड्राइभको प्रयोग गर्न सकिन्छ । गुगल ड्राइभबाट ठूला फाइलहरू पठाउनको लागी तलको उपाय अपनाउन सकिन्छ ।

– सबैभन्दा पहिले आफ्नो डिभाइसमा गुगल ड्राइभ एप खोल्ने ।

– त्यसपछि दायाँपट्टि रहेको प्लस न्यू बटनमा क्लिक गरेर अपलोडको अप्सन छान्ने ।

– आफूले चाहेको फाइल छानिसकेपछि माथि दायाँपट्टि रहेको सेलेक्टको अप्सनमा क्लिक गर्ने ।  

– गुगल ड्राइभमा फाइल अपलोड भइसकेपछि फाइलको दायाँपट्टि रहेको तीन ओटा डटमा क्लिक गर्ने । 

– यति गरिसकेपछि शेयरको अप्सन क्लिक गर्दा प्राप्त हुने लिङ्क इमेल मार्फत चाहेको ठेगानामा पठाउने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?