काठमाडौँ –इन्स्टाग्राम र थ्रेड्सको मातृ कम्पनी मेटाले यी दुबैमा एकैचाेटी पोस्ट गर्ने फिचरको तयारी थालेको छ ।
यो फिचर आएपछि प्रयोगकर्ताहरूले इन्स्टाग्राम पोस्ट गर्दा नै आफ्नो थ्रेड्स अकाउन्टमा पनि सोही पोस्ट गर्न सक्नेछन् ।
थ्रेड्समा प्रयोगकर्ताको सङ्ख्या घटेपछि मेटाले यस्तो कदम चाल्न लागेको हो । यो फिचरमा कुनै पनि पोस्ट गर्दा ‘शेयर टु थ्रेड्स’ नामक नयाँ विकल्प आउँछ । त्यसमा क्लिक गरेर प्रयोगकर्ताले इन्स्टाग्राम र थ्रेड्समा सँगै पोस्ट गर्न सक्नेछन् ।
तर प्रयोगकर्ताले एकै ठाउँमा पोस्ट गर्न चाहे त्यो पनि हुने छ भने कुनै एउटा पोस्ट अथवा सबै पोस्टमा यो विकल्प अन गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया