मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिएमडब्ल्यू पच्चीस लाख साठी हजार कार बिक्री गर्न सफल

बर्लिन । जर्मन कार निर्माता कम्पनी बिएमडब्ल्यू ग्रुपले मिनी रोल्स रोयस कारको विश्वव्यापी बिक्रीमा वार्षिक रूपमा ६.५ प्रतिशतले वृद्धि गरी सन् २०२३ मा २५ लाख ६० हजार पुगेको मंगलबार जनाएको छ । 

ब्याट्रीबाट चल्ने विद्युतीय बाहन ‘बीईभी’ को डेलिभरी वार्षिक रूपमा ७४.४ प्रतिशतले बढेर तीन लाख ७६ हजार भन्दा बढी सङ्ख्या पुगेको कम्पनीले जनाएको छ ।

बिएमडब्ल्यू एजीको बोर्ड अफ म्यानेजमेन्टका सदस्य जोचेन गोलरले भने, “हाम्रा नयाँ, अत्यधिक आकर्षक र प्राविधिक रूपमा उत्कृष्ट सवारी साधनहरूको साथ, हामी २०२३ मा विद्युतीय आवागमनलाई अझ गतिशील रूपमा बढाउन सक्षम भएका छौं । यस वर्ष, कम्पनीका नवनिर्मित कारको हरेक पाँचमध्ये एक बीईभी हुने र सन् २०२५ सम्ममा कूल उत्पादनको चारमध्ये एक बीईभी कार बनाउने लक्ष्य राखिएको छ ।

गोलरले भने, “हाम्रो पूर्ण विद्युतीय उत्पादनहरूको लागि हामीले माग निरन्तर उच्च भइरहेको देखेका छौँ ।” चीनमा बिएमडब्ल्यू ब्रान्ड र मिनीको बिक्री ४।२ प्रतिशतले बढेर करिब आठ लाख २५ हजार पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?