मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आईपीएल: कोलकोताका बलर हर्षितलाई एक खेलको प्रतिबन्ध

काठमाडौँ– आइपिएल टिम कोलकोता नाइट राइडर्सका फास्ट बलर हर्षित राणालाई एक खेलको प्रतिबन्ध लागेको छ ।

आईपीएल अन्तर्गतको इडेन गार्डेनमा दिल्ली क्यापिटल्सविरुद्धको खेलमा आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनलाई प्रतिबन्धसँगै म्याच शुल्कको शतप्रतिशत जरिवाना पनि लगाइएको छ ।

आईपीएल एडभाइजरीका अनुसार राणाले आईपीएल आचार संहिताको धारा २.५ अन्तर्गत लेभल १ को अपराध गरेका छन् । उनले अपराध स्वीकार गरेका छन् र म्याच रेफ्रीको अनुमोदन स्वीकार गरेकाले यस विषयमा थप सुनुवाइ नहुने भएको छ ।

हर्षित रानालाई यो सिजन दोस्रोपटक जरिवाना गरिएको छ । यसअघि केकेआरको पहिलो घरेलु खेलमा सनराइजर्स हैदरावादका ब्याट्सम्यान मयंक अग्रवाललाई आउट गरेपछि चिढाउन फ्लाइङ किस गरेका थिए । यसका लागि उनलाई म्याच फीको ६० प्रतिशत जरिवाना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?