मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रभु इन्स्योरेन्सको वैशाख २० गते साधारण सभा

काठमाडौँ– प्रभु इन्स्योरेन्सको बिहीबार वैशाख २० गते वार्षिक साधारण सभा बस्ने भएको छ ।

कम्पनीले सभामा लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गर्ने छ । सभामा गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस शेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । सो सभा प्रभु इन्सुरेन्सको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान १० बजे शुरु हुने जनाइएको छ ।

साधारण सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख ६ गतेसम्म कायम रहेका शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

यसैगरी, बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ । यस्तै, सभामा चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्‍याउन हकप्रद शेयर निष्काशन गर्ने वा अन्य विकल्प भए सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?