काठमाडौँ – हाम्रो शरीरमा हड्डी स्वस्थ हुनका लागि भिटामिन ‘डी’ को महत्त्वपूर्ण भूमिका रहेको छ। ्
यसले मांसपेशीका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ। सहरी जीवनशैली र घरभित्रै बसेर काम गर्ने रहनसहनका कारण मानिसमा भिटामिन डीको कमी देखिन्छ।
पर्याप्त मात्रामा घाम नपाउने, मोटोपन, अस्वस्थ खानाजस्ता कारणले मानिसहरूमा भिटामिन डीको कमी देखिने हो। भिटामिन डीको कमी भएमा डिप्रेसन, मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी रोग पनि लाग्न सक्छन्।
महिलामा हुने हार्मोन बढाउन भिटामिन ‘डी’को आवश्यकता पर्दछ। तर, पुरुषको हार्मोनहरू बढाउन भने भिटामिन ‘डी’ आवश्यक पर्दैन। पछिल्लो समय महिला धेरै कार्यालयमा नै सीमित हुनेक्रम बढ्दो भएको र धेरै घाममा नबस्ने गर्दा पनि समस्या बढेको छ।
पछिल्लो समय हाम्रा घरको डिजाइन पनि घाम नछिर्ने प्रकृतिका छन्। जस कारण पनि यो समस्या बढ्दो रूपमा रहेको सिनियर फिजिसियन डा. मिलन खड्का बताउँछन् ।
यसको कमीले कोही मानिसमा हड्डी र मांसपेशीको दीर्घकालीन दुखाइ हुने, पेट दुख्ने, छिन छिनमा नै मुड परिवर्तन भइराख्ने, बारम्बार पिसाब लागि रहने, सामान्य काम नगरी थकान महसुस हुने, जोर्नीहरू बेस्सरी दुख्ने, इच्छाशक्ति कमी भएको जस्तो हुने हुन्छ।
दिशामा गोटा पर्ने (कब्जियत हुने) वा पखाला लाग्ने, निराशा बढ्ने, बेचैनी हुने, एकाग्रता हुन नसक्ने, निन्द्रा नलाग्ने, तिर्खाएको महसुस हुने लक्षण देखा पर्न सक्छन्। घाउ वा चोट समयमा निको नहुने भयो भने पनि भिटामिन ‘डी’ को कमी भएर हुन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया