मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नाइजेरियामा दादुराबाट १९ बालबालिकाको मृत्यु, दुई सयभन्दा बढी प्रभावित

काठमाडौँ – नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा संंक्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

उत्तरी स्थानीय क्षेत्र मुबीमा दादुराको प्रकोपबाट दुई सयभन्दा बढी बालबालिका प्रभावित भएको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

दादुराको प्रकोपबाट हुने जटिलताका कारण १९ जनाको मृत्यु भएको आधिकारिक प्रतिवेदनले सङ्केत गरेको छ । आयुक्त ताङ्वामीले विकास प्रभावित समुदायहरूमा औषधि र चिकित्सकको टोली तत्काल परिचालन गरिएको जानकारी दिए ।

उनले गम्भीर सङ्क्रमण भएका बालबालिकालाई विशेषज्ञ अस्पतालमा पठाइने बताए। उनले बालबालिकालाई खोप लगाउन अस्वीकार गर्दा उक्त दुःखद् क्षण आएको भन्दै बालबालिकालाई दादुराविरूद्धको खोप नियमित लगाउन प्रत्साहन गरे ।

दादुरा पाँच वर्ष मुनिका बालबालिकामा हुने भाइरल संक्रमण हो तर खोपद्वारा सजिलै रोकथाम गर्न सकिन्छ । खोक्दा वा हाछ्युँ गर्दा निस्कने श्वासप्रश्वासका थोपाहरूबाट यो हावामा फैलिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?