मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भोजपुरको दुर्गम भेगका एक हजार जनाको निःशुल्क उपचार

भोजपुर-  गरिबीका कारण उपचारबाट वञ्चित भोजपुरको उत्तरी क्षेत्रका दुई स्थानीय तहका एक हजार बढी स्थानीयले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । 

षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका एक हजार ७३ जनाले विशेषज्ञ डाक्टरबाट सेवा पाएका हुन् ।

नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरमा भेटिएका जटिल समस्या भएका एक सय ३४ जनालाई  शल्यक्रियाको लागि सिफारिस गरिएको छ ।

“भौगोलिक विकटताका कारण राम्रो स्वास्थ्य सेवा लिन सकेका थिएनौँ”, षडानन्द नगरपालिकाका–६ का ६४ वर्षीय स्थानीय निलबहादुर खड्गीले  भने – “निःशुल्क स्वास्थ्य शिविरमार्फत सबै खालका रोग उपचार गर्न पाइयो । धेरै खुसी लागेको छ । यही उपचार लिन बाहिरका अस्पतालमा जाँदा धेरै खर्च हुन्थ्यो ।”

शिविरमा सेवा लिन आएकी पवित्रा दर्जीले भनिन “शिविर सञ्चालनले दुर्गम क्षेत्रका हामीजस्ता धेरै नागरिकले सेवा पाएका छौँ, सहज उपचार गर्ने अवस्था नहुँदा रोग लुकाएर बसेकाहरूले उपचार गर्न पाएका छौँ ।”

शिविरमा जनरल मेडिसिन तथा मुटुरोग, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी, दन्त, नाक, कान घाँटी, न्यूरो सर्जरी, फोक्सो, छाला तथा यौनरोग, कलेजो तथा नसारोग, ल्याब परीक्षण, भिडियो एक्सरे, बालरोगलगायत रोगको निःशुल्क उपचार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?