मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गृहिणीलाई हुनसक्छ यस्ता रोगहरुको जोखिम

काठमाडाैँ- गृहिणी महिलाहरुले श्रीमान्, छोराछोरी र परिवारका अन्य सबै सदस्यको ख्याल राखिरहेका हुन्छन् ।

खानपान, सन्तानको पढाइ, वृद्धवृद्धाको औषधीदेखि हरेक कुरामा उनीहरुले ध्यान दिन्छन् । तर सबैको ख्याल राख्ने गृहिणीलाई आफ्नै स्वास्थ्यबारे भने कम हेक्का हुनसक्छ । यस्तोमा उनीहरुलाई विभिन्न रोगको जोखिम हुन्छ । यस्ता जोखिमहरु हुन्छन् । ‍

हड्डी खिइने समस्या

गृहिणीलाई शरीरमा क्याल्सियमको कमीले हड्डी खिइने समस्या हुनसक्छ । क्याल्सियमले शरीरको स्नायु प्रणालीमार्फत मांसपेशी र कोषहरू सक्रिय र बलियो बनाउन मद्दत गर्छ । क्याल्सियमयुक्त खानेकुराको कमीले गृहिणीलाई यसको कमी हुन पुग्छ । महिनावारी रोकिने समय अर्थात ४५ देखि ५० वर्षसम्मका धेरै महिलामा क्याल्सियमको कमी हुन्छ ।

यो उमेरमा फिमेल हर्माेन एस्ट्रोजनको स्तर घट्न थाल्ने भएकाले महिनावारी रोकिएपछि हड्डी खिइदै जान्छ । हड्डीको गुणस्तर कम हुने र हड्डी खिइने समस्यालाई ‘ओस्टोयोपोरोसिस’ भनिन्छ ।

घुँडा, ढाड र घाँटीका हड्डीहरू खिइनुका साथै शरीर दुख्ने, थकान महसूस हुने, मुटुको धड्कनको गति बढ्ने, महिनावारीमा धेरै पीडा हुने, कपाल झर्ने जस्ता समस्या हुन्छन् ।

मोटोपन

गृहिणी महिलामा मोटोपनको समस्या पनि निकै देखिन्छ । शारीरिक व्यायामको कमी, तनाव, असन्तुलित खानपान लगायतका कारणले उनीहरुमा मोटोपन बढ्छ । दिनभरि भोकै बस्नै अनि बिहान बेलुका चाहिँ एकैपटक टन्न खाने बानी र क्यालोरीयुक्त खानपान मोटोपनको कारण हो ।

खानपानसँगै शारीरिक व्यायामको कमीले गृहिणीमा मोटोपनको समस्या देखिन्छ । हिजोआज प्रविधिका कारण स्वीच थिच्ने बित्तिकै काम हुने भएकाले पनि गृहिणीमा मोटोपनको समस्या बढी देखिन्छ ।

मधुमेह

मधुमेह गृहिणीलाई हुनसक्ने अर्काे रोग हो । किनभने शरीरमा क्याल्सियमको कमी हुँदा सक्रिय रुपमा सबै अंगले राम्रोसँग काम गर्न सक्दैन । शरीरमा रहेको पेन्क्रियाज नामक ग्िरन्थले इन्सुलिन बनाउन छाडेपछि मधुमेहको समस्या हुन्छ । इन्सुलिनले रगतमा ग्लुकोजलाई नियन्त्रण गर्ने मद्दत गर्छ ।

उच्च रक्तचाप

उमेर बढ्दै गएपछि प्राकृतिक रुपमै पनि महिलालाई उच्च रक्तचापको समस्या हुन्छ । यसबाहेक मोटोपन र अत्यधिक तनावका कारण गृहिणीमा उच्च रक्तचापको जोखिम बढी हुन्छ ।

डिप्रेसनको जोखिम

गृहिणीमा हरेक दिन पूरै समय काम गर्नुपर्ने, शारीरिक व्यायामको कमी र असन्तुलित खानपान, शरीरमा पानीको कमी लगायतका कारणले उदासी अर्थात डिप्रेसनको समस्या समेत हुनसक्छ ।

अफिसमा काम गर्नेलाई शनिवार एक दिन भएपनि बिदा हुन्छ तर गृहिणीलाई बिरामी हुँदा पनि कामबाट छुट्टी हुँदैन । जसकारण जीवनसँग वाक्कदिक्क हुने, एक्लोपन महसूस गर्ने र जीवनप्रति उत्साह कम भइ डिप्रेसनले सताउन सक्छ ।

दम

शहरी क्षेत्रमा भान्छाको बनावट परिवर्तन भएपनि ग्रामीण भेगमा अहिले पनि दाउरा, छ्वाली बालेर खाना पकाइन्छ । यसबाट निस्किने धुवाँले गृहिणीलाई दम वा श्वासप्रश्वाससम्बन्धी रोगले सताउँछ । आगोको धुँवामा बस्ने गृहिणीलाई क्रोनिक ब्रोन्काइटिस रोगको जोखिम उच्च हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?