काठमाडौँ– मोबाइल फोन विश्वमा सबैभन्दा बढी प्रयोग हुने उपकरणमध्ये एक मानिन्छ । यसैकारण पछिल्लो समय मोबाइल उद्योगहरूले आश्चर्यजनक उपलब्धिहरू हात पारिरहेका छन् ।
मोबाइल फोनको प्रयोगमा व्यापकता आएसँगै, मोबाइल ब्राण्डहरुमा पनि तीव्र प्रतिस्पर्धा बढीरहेको छ । आज हामी तपाइलाई विश्वका केही मुख्य मोबाइल ब्राण्डहरुका बारेमा थोरै जानकारी दिँदै छौँ ।
सामसङ
मोबाइल कम्पनी सामसङ विश्वका शीर्ष मोबाइल कम्पनीका रूपमा स्थापित भएको छ । दक्षिण कोरियाली मोबाइल कम्पनी सामसङ सन् १९३८ मार्च १ देखि सुरु भएको थियो । विश्वासिलो तथा उत्कृष्ट सफ्टवेयर, लागत प्रभावी र राम्रो ग्राहक सेवाको कारण सामुसङ विश्वकै प्रमुख ब्राण्ड बन्न सफल भएको ग्लोबल ब्राण्ड म्यागेजिनको रिपोर्टमा उल्लेख गरेको छ । यो सबैभन्दा बढी माग भएको स्मार्टफोनका आधारमा विश्वकै पहिलो स्मार्टफोन कम्पनी वनेको हो । सामसङले प्रति वर्ष २ सय ११.२ बिलियन अमेरिकी डलर बराबर राजस्व तिर्ने रिपोर्टमा उल्लेख छ ।
एप्पल
अमेरिकी बहुराष्ट्रिय टेक्नोलोजी कम्पनी एप्पल संसारको सबैभन्दा प्रिमियम मोबाइल ब्रान्डहरू मध्ये एक हो । सन् १९७६ अप्रिल १ मा सुरु भएको एप्पल विश्वको सबैभन्दा ठूलो प्राविधिक कम्पनी पनि हो । सन् २०२३ को यस कम्पनीको शीर्ष स्मार्टफोन दुनियाँको सबैभन्दा ठुलो कम्पनीको सूचीमा दोस्रो नम्बरमा पर्छ । वार्षिक २१७ मिलियन फोनको बिक्रीसँगै ५३.८ बिलियन राजस्वले एप्पललाई विश्वका प्रमुख १० मोबाइल ब्राण्डको सूचीमा दोस्रो स्थानमा पर्छ ।
हुवावे
हुवावे पनि विश्वको प्रमुख स्मार्टफोन ब्राण्डको सूचीमा तेस्रो स्थानमा पर्छ । चिनियाँ बहुराष्ट्रिय कम्पनी हुवावे सन् १९८७ देखि शुरु भएको थियो । यस कम्पनीले हुवावे पि ३० प्रो, हुवावे मेट २० प्रो, हुवावे पि ३० हुवावेका लोकप्रिय मोबाइल मोडलहरू हुन् । हुवावेले वार्षिक १०७.१३ बिलियन स्मार्टफोन बिक्री गरेर ८३९७.०१ मिलियन राजस्व तिर्ने गर्छ ।
शाओमी
शाओमी सन् २०१० मा स्थापना भएको चिनीया बहुराष्ट्रिय कम्पनी हो । सुरुवात भएको छोटो समयमै आफ्ना प्रतिस्पर्धीसँग कडा टक्कर दिएको यो कम्पनी विश्वको सबैभन्दा ठुलो मोबाइल ब्राण्डको सूचीमा चौथो नम्बरमा पर्छ । यसले वार्षिक १ सय १९ मिलियन कारोबार तथा २५.४ बिलियन डलर राजश्व यो कम्पनीले तिर्ने गर्छ ।
ओप्पो
सन् २००१ मा टोनी चेनले स्थापना गरेको चिनियाँ कम्पनी ओप्पो विश्वका ठुला स्मार्टफोन ब्राण्डको सुचीमा पाँचौँ नम्बरमा पर्छ । वार्षिक २९ मिलियन कारोबार तथा १३७.७ मिलियन अमेरिकी डलर बराबरको राजश्व यस कम्पनीले तिर्ने गर्छ ।
भिभो
भिभो कम्युनिकेशन टेक्नोलोजी कम्पनी लिमिटेड, सन् २००९मा स्थापना भएको एक चिनियाँ टेक कम्पनी हो । गुणस्तरीय सेवा खास विशेषतासहितका स्मार्टफोनका कारण यो विश्वका सबैभन्दा ठुला स्मार्टफोनको सूचीमा छैटौँ नम्बरमा पर्छ । वार्षिक ४९.५ मिलियन बराबर कारोबार तथा ४६ मिलियन अमेरिकी डलर बराबरको राजश्वका यो कम्पनीले तिर्ने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया