काठमाडौँ– स्मार्टफोनका लागि कुनै पनि एप्लिकेसन डाउनलोड गर्नुपरे पनि गुगल प्ले स्टोरबाट नै डाउनलोड गर्ने गरिन्छ । तर प्ले स्टोरमा सूचीकृत भएका हजारौँ एपहरूले स्मार्टफोनको सुरक्षालाई खतरामा पारिरहेको तथ्य फेला परेको छ ।
केही समयअघि साइबर सुरक्षा कम्पनी अभास्टले गुगल प्ले स्टोरमा भएका १९ हजारभन्दा बढी एप असुरक्षित रहेको पत्ता लगाएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।
त्यस्ता एप्लिकेसनले प्रयोगकर्ताको व्यक्तिगत विवरणमाथि पहुँच लिएको पनि अभास्टले जनाएको छ । त्यसकारण तपाईँ हामीले प्ले स्टोरबाट एपहरू डाउनलोड गर्दा यस्ता कुरामा भने ध्यान दिनुपर्छ ।
यस्ता छन्, असुरक्षित एपहरूबाट सुरक्षित रहने उपाय :
– गुगल प्ले स्टोरबाट एप्लिकेसन डाउनलोड गर्दा एप्लिकेसनको सम्पूर्ण विवरण जाँच गर्ने र सुरक्षित छ भन्ने महसुस नभएसम्म डाउनलोड नगर्ने
– एपहरू डाउनलोड गर्दा नामलगायतका विवरणहरूमा समेत ध्यान दिने, ।
– कुनै भुक्तानीबिना नै रिवार्डको प्रस्ताव गर्ने एपहरूलाई विश्वास नगर्ने ।
– एप डाउनलोड गर्नुअघि अन्य प्रयोगकर्ताले गरेको रिभ्यु हेर्ने ।
– एपको अनुमतिमा विशेष ध्यान पुर्याउनुपर्छ । एपलाई व्यक्तिगत विवरण बाहिरिन सक्ने अनुमति नदिने ।
– मोबाइलमा विश्वासिलो एन्टिभाइरस सफ्टवेयरको प्रयोग गर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया