मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पलेशाले दीप प्रज्ज्वलन गर्ने

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४औं केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन ओलम्पिक दीप प्रज्ज्वलन गर्ने भएकी छन् ।

आज हुने उद्घाटन कार्यक्रमका दौरान दीप प्रज्ज्वलन गर्नुअघि ओलम्पिक टर्चलाई ट्रयाकमा परिक्रमा गराइने खेलकुद परिषदले जनाएको छ ।

टर्च परिक्रमा कार्यक्रममा ओलम्पियन देवु थापा, कमलबहादुर अधिकारी र हरि रिमाल पनि सहभागी हुने  छन्। परिक्रमापछि पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने छिन् । 

चीनको ताइयाङमा भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा स्थान सुरक्षित गरिसकेकी छन्।

पलेशा एसियाली पारा खेलकुदमा पदक जित्ने पहिलो र एक्लो नेपाली खेलाडी पनि हुन् । 

आजदेखि सुरु हुने प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीन दिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा ६८६ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?