मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी कारणले गर्दा बच्चाहरुले औँला चुस्ने गर्छन्

काठमाडाैँ – धेरैजसो बालबालिकाको औँला चुस्ने बानी हुन्छ । बच्चाका अभिभावकहरुलाई यो ठूलो चिन्ताको विषय हुन्छ ।

किनकि, यही बानीका कारण कैयौँ शारीरिक समस्या पनि निम्तिन सक्छ । बालबालिकाले औँला चुस्ने विभिन्न कारणहरु पनि हुन्छन् । उनीहरूको यस्तो लतलाई समयमै छुटाउन नसके यसले गलत परिणाम पनि ल्याउन सक्छ ।

भोकका कारण

बालबालिका भोकाइरहेका हुन्छन्, तर यो कुरा अभिभावकलाई थाहा नहुन पनि सक्छ । भोकाएको अवस्थामा दूध वा कुनै खानेकुरा नमिलेको अवस्थामा बालबालिकाले आफ्नो औँला चुस्न शुरु गर्छन् ।

आरामका लागि

यो थाहा पाउँदा तपाईं आश्चर्यमा पर्न सक्नुहुन्छ कि बालबालिकाले आराम लिनका लागि पनि औँला चुस्ने गर्छन् । उनीहरूले पनि कहिलेकाही स्ट्रेसको अनुभूति गर्छन् । त्यसैले आफूलाई कम्फर्ट पार्न पनि उनीहरूले औँला मुखमा राख्छन् ।

तनाव
ठूला मानिसलाई मात्र तनाव हुन्छ भन्ने सोच्नुहुन्छ र यदि यस्तो सोचिरहनुभएको छ भने गलत हुनुहुन्छ । जब तनाव हुन्छ, तब मानिसमा भोक मरेर जान्छ । कतिपयलाई तनावको अवस्थामा अझ बढी भोक लाग्ने गर्छ । बालबालिकामा पनि यस्तो स्थिति आउँछ । जुनकुनै बेला बालबालिका तनावमा हुन सक्छन् । त्यतिबेला बालबालिकाले कुनै न कुनै प्रकारको खाना खोज्न सक्छन् । अनि कुनै खानेकुरा नभेट्दा उनीहरूले औँला चुस्ने गर्छन् ।

सुरक्षाका लागि
कहिलेकाही सुरक्षा पाउन पनि बालबालिकाले औँला चुस्ने गर्छन् । यदि लामो समयसम्म आफ्ना आमाबुवालाई वरिपरि नभेटेमा उनीहरूले असुरक्षाको महसूस गर्छन् । आमाबुबाबाट माया नपाउँदा पनि बालकालिकाले औँला चुस्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?