काठमाडौँ– आजभोलि स्मार्टफोन प्रयोग नगर्ने मानिस बिरलै भेटिन्छन् । कार्यालयमा होस या घरमा मोबाइलको आवश्यक हुन्छ ।
तर आजभोलिका मोबाइलमा ब्याट्री नटिक्ने समस्या हुने गुनासो धेरै प्रयोगकर्ताहरूले गर्ने गर्छन् ।
आज हामी तपाइलाई एन्ड्रोइड वा आइफोनको ब्याट्री लामो समयसम्म टिकाउने उपायका बारेमा जानकारी दिँदै छौ ।
मोबाइलमा ब्याट्री नटिक्ने समस्या कम गर्न यस्ता उपाय अपनाउनुहोस् :
– मोबाइलको चमक र ब्राइटनेस घटाउने
– मोबाइलमा चार्ज छिटो सक्काइदिने खालका क्रियाकलापहरू सकेसम्म नगर्ने ।
– प्रयोगमा नरहेका एपहरू बन्द गर्ने ।
– मोबाइलमा लाइभ वाल पेपरहरू नराखी स्थिर छवि भएका वालपेपरको प्रयोग गर्ने ।
– अनावश्यक कनेक्सन बन्द गर्ने ।
– मोबाइल डेटा, ब्लुटुथ र वाई–फाई जस्ता कुराहरू प्रयोगमा नहुँदा अफ गरिदिने ।
– सकेसम्म मोबाइललाई डार्क मोडमा चलाउने ।
– ब्याट्री बचत मोडमा चलाउनुका साथै मोबाइलमा आउने अनावश्यक नोटिफिकेसनहरू बन्द गर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया