मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसैको फेसबुक स्टोरीमा गरिएको गलत रियाक्ट यसरी सच्याउनुहोस् 

काठमाडौँ– फेसबुक लोकप्रिय सामाजिक सञ्जालको एप हो । यसमा कुनै साथीको पोस्ट वा स्टोरीमा रियाक्ट तथा कमेन्ट समेत गर्न मिल्छ ।

तर स्टोरी वा पोस्टमा गरिने धेरै प्रकारका रियाक्टहरुको आ–आफ्नै महत्त्व हुन्छ । त्यसकारण कहिलेकाहीँ हामीबाट कुनै फेसबुक साथीको स्टोरीमा झुक्किएर गलत तथा नचाहिने इमोजी पनि रियाक्ट हुनसक्छ ।

तर यस्तो अवस्थामा आफ्नो रियाक्सनलाई तत्काल हटाउन पनि सकिन्छ । यो कुरा कतिपय प्रयोगकर्तालाई थाहा नहुन पनि सक्छ ।

आज हामी तपाइलाई फेसबुक स्टोरीमा गरिएको रियाक्सन कसरी हटाउन सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छौँ । 

– सबैभन्दा पहिले मोबाइलमा फेसबुक एप खोल्ने ।

– त्यसपछि रियाक्सन हटाउन चाहेको साथीको फेसबुक स्टोरीमा जाने ।

– त्यसपछि दायाँपट्टि माथि रहेको थ्री डट आइकनमा क्लिक गर्ने । 

– अब त्यहाँ रहेको ‘अनडु सेन्ट रियाक्सन’ अप्सनमा क्लिक गर्ने ।

– अव तपाइले पठाएका रियाक्सनहरु देखिनेछन् । सँगै ‘अन डु अल अफ युअर रियाक्सन्स टु दीस स्टोरी’ भन्ने प्रश्न देखिन्छ । त्यसपछि त्यसको तलपट्टि रहेको ‘अन डु’ अप्सनमा क्लिक गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?