मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नयाँ वर्षको पहिलो कारोबार दिन सुनको मूल्यमा गिरावट,कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ – नयाँ वर्ष २०८१ सालको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

आज सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेर १ लाख ३६ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो । 

यस्तै, आज तेजाबी सुनको भाउ तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि २०८० सालको अन्तिम दिन अर्थात् चैत ३० गते शुक्रबार सुनको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको थियो ।

सो दिन छापावाल सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३८ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँले घटेर १७ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार आइतबार चाँदी प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?