मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘भिजिट भिसा’ निर्माणको घोषणा

काठमाडौँ – नयाँ वर्ष २०८१ सालको अवसर पारेर नयाँ फिल्म नेपाली फिल्म ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने पारिवारिक सोसल ड्रामामा कथामा निर्माण हुने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।

सार्वजनिक पोस्टरमा पहाडको खोँच, खोँचमा कुहिरो । पहाडमा हिमाली क्षेत्रमा पाइने बोटबिरुवाले हिमाली क्षेत्रको सङ्केत गरेको छ । दुई पहाडको खोँचमा बस्ती । बस्ती यति पुरानो छ ।

लाग्छ यो प्राचीन बस्ती हो । बस्तीका घर पुराना भइसकेका छन् । जीर्ण बनेका घर लड्न ठिक्क परेजस्ता देखिन्छन् । ढुङ्गाको छानो भएका बाक्लै घर तीन तलेसम्मका र सिँढी देखिन्छ । यसले कुनै समयको संवृद्ध बस्ती भएको पोस्टरले सङ्केत गरेको छ ।

समयले कोल्टो फेर्‍यो । पहाड र हिमाली क्षेत्रका बस्ती सहरतिर स्थानान्तरण भए । छोडिएका बस्ती जीर्ण भए, जुन पोस्टले प्रस्टै देखाएको छ ।

अस्थिपञ्जरजस्ता देखिने घरले हिमाल र पहाडका बस्ती रित्तिँदै गए । गाउँ सहरतिर सरे । सहर युरोप र अमेरिकातिर सरे । पोस्टरले सहर र विदेश त देखाउँदैन ।

तर, फिल्मको टाइटल (नाम) ले भने भिजिट भिसामा बिदेसिने क्रमले गाउँ नै खाली भएको प्रस्ट देखाउँछ । फिल्मले पछिल्लो समय लर्को लागेर विदेश जाने प्रवृत्तिलाई पेस गर्ने सङ्केत निर्माण पक्षले पोस्टरमार्फत दिएको छ ।

मोती विष्ट प्रस्तुतकर्ता रहेको यो फिल्मको निर्माता टोपेन्द्र विष्ट हुन् । बिराज विष्टको कथा रहने फिल्ममा यम थापाको पटकथा रहेको छ । बिराजले यसअघि फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए ।

यो फिल्मले चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा विशेष फिल्मको अवार्ड समेत पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?