मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी बचाउने ल्यापटपको ब्याट्री ?

काठमाडौँ– ल्यापटप प्रयोग गर्ने धेरै मानिसहरूले ल्यापटपको ब्याट्री छिटै रित्तिने र लामो समयसम्म चार्ज नटिक्ने समस्या भोगिरहेको गुनासो गर्ने गर्छन् ।

तर के तपाइलाई थाहा छ, तपाइका आफ्नै केही गल्तीले गर्दा पनि यस्तो समस्या उत्पन्न भएको हुन सक्छ । 

आज हामी तपाइलाई तपाइको ल्यापटपको ब्याट्री छिटो बिग्रनबाट बचाउनका लागि अपनाउनुपर्ने उपायका बारेमा जानकारी दिँदै छौ । 

ल्यापटपको ब्याट्री छिटो बिग्रिनबाट बचाउनका लागि अपनाउनुहोस् यस्ता उपाय :

– यदि तपाइले आफ्नो ल्यापटपमा प्रोसेसरमा अत्यधिक दबाब पर्ने काम गर्नुहुन्छ भने त्यस्तो काम कम गर्ने । किनभने प्रोसेसरमा धेरै चाप पर्दा यसको सीधा असर ब्याट्रीमा पर्दछ । यसको नतिजा स्वरुप ब्याट्रीको तापक्रम पनि बढ्दछ र ब्याट्रीको आयु कम हुन्छ ।

– यदि तपाइ ल्यापटपलाई अधिक तापक्रम भएको ठाउँमा राखेर प्रयोग गर्नुहुन्छ भने त्यसले पनि ब्याट्री खराब हुन थाल्छ । 

– स्टोरेजको कमी भएको ल्यापटपमा तपाइले भिडियो एडिट गर्ने कोसिस गरिरहनुभएको छ भने त्यस्तो काम पनि सकभर नगर्ने । किनभने यसबाट पनि ल्यापटपको  प्रोसेसरमा दबाब पर्छ र ब्याट्री लाइफमा क्षयीकरण हुनेछ ।

– यदि तपाइको ल्यापटपको स्टोरेज पनि फुल भएको छ भने त्यसलाई खालि गर्ने कोसिस गर्ने । ल्यापटपको प्रोसेसरले बढी बोझ झेल्नुपर्दा समेत  ब्याट्री पनि प्रभावित हुनसक्छ ।

– ल्यापटपमा सम्बन्धित ब्रान्डबाहेकका अरू कमसल लोकल चार्जरको प्रयोग नगर्ने । किनभने ल्यापटपको ब्याट्री चार्ज गर्नका लागि कमसल चार्जरले आवश्यक ऊर्जा आपूर्ति गर्न सक्दैन जसका कारण ल्यापटपको ब्याट्री तात्दछ र बिग्रिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?