मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टीकापुरमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर

टीकापुर – ग्रामीण भेगका महिलामा पाठेघरको मुखको क्यान्सर बढी देखिन थालेपछि टीकापुर नगरपालिकाले विभिन्न तीन स्थानमा परीक्षण शिविर सञ्चालन गरेको छ ।

पहिलो दिन ज्योतिनगर सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सञ्चालन भएको शिविरमा पहिलो दिन ९१ महिलाले सेवा लिएका छन् ।

शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षणसँगै प्रजनन उमेरका महिलाको अन्य जाँच, आङ खसेका महिलाको जाँच तथा रिङपेशरी, फिस्टुलासम्बन्धी सेवा प्रवाह भएको छ ।

शिविरमा ७७ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । दोस्रो दिन सहरी स्वास्थ्य केन्द्र सत्ती र तेस्रो दिन अस्नेहरी सहरी स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएको थियो ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल पछिल्लो समय क्यान्सरका बिरामी बढ्दै गएकाले परीक्षण शिविर सञ्चालन गरिएको बताए ।

“स्वास्थ्य शाखामा दैनिक क्यान्सर सङ्क्रमित बिरामी सिफारिस लिन आउने गरेका छन्”, उनले भने, “पाठेघर र स्तन क्यान्सर बढी देखिएको छ । समयमै उपचार भएमा क्यान्सरबाट बच्न सकिने भएकाले पालिकाले गाउँगाउँमा शिविर सञ्चालन गरेको हो ।”

यसैबीच, टीकापुर बहुमुखी क्याम्पस र श्रीकृष्ण आँखा अस्पतालको सहकार्यमा सोमबार खड्ग स्मृति माध्यमिक विद्यालयका विद्यार्थीको आँखा परीक्षण गरिएको छ ।

त्यस क्रममा एक सय ३८ जनाको आँखा परीक्षण गर्दा ४० जनाभन्दा बढीमा समस्या देखिएको क्याम्पसका जनसम्पर्क संयोजक सहप्राध्यापक नाथुराम चौधरीले बताए । कक्षा ११ र १२ का विद्यार्थीलाई लक्ष्य गरी परीक्षण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?