काठमाडौँ– नेपाल बालसाहित्य समाजद्वारा प्रकाशित बालकथाका तीन कृति लोकार्पण गरिएको छ ।
आइतवार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठान समाजको सहकार्यमा गरिएको ‘बालवार्ताको सापेक्षतामा बालकविता’ विचार गोष्ठीमा तीन पुस्तकको लोकार्पण गरिएको हो ।
प्रतिष्ठानका कुलपति भूपाल राई, उपकुलपति विमलकृष्ण श्रेष्ठ र नेपाल बालसाहित्य समाजका संस्थापक अध्यक्ष प्रा.डा.चूडामणि बन्धुले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।
लोकार्पित पुस्तकहरूमा नेबासास प्रेरणा(पुन्ज, नेबासास प्रतिनिधि नेपाली बालकथा र नेबासास प्रतिनिधि नेपाली बालनाटक रहेका छन् । नेबासास प्रेरणा(पुन्जमा नेपाल बालसाहित्य समाजका दिवङ्गत सदस्यहरूमध्ये २० जनाको जीवनी समेटिएको छ ।
यसको सम्पादन विजयराज न्यौपानेले गरेका हुन् । यस्तै नेबासास प्रतिनिधि नेपाली बालकथामा ८२ वटा बालकथा रहेका छन् । यसको प्रधान सम्पादक प्रा.डा.कपिल लामिछाने रहेका छन् । डा. विष्णु केसी प्रधान सम्पादक रहेको नेबासास प्रतिनिधि नेपाली बालनाटकमा २० बालनाटक रहेका समावेश छन् ।
कार्यक्रममा नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले समाजले नयाँ र फरक ढङ्गका सिर्जनात्मक कार्यक्रम गर्दै आएको र यी पुस्तकहरू त्यसैको निरन्तरता भएको बताए ।
लोकार्पित कृतिहरूबारे क्रमशः मित्रलाल पज्ञानी, डा. केसी डा.शैलेन्दुप्रकाश नेपालले समीक्षा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया