मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सर्वोत्तम सिमेन्टले लाभांश वितरण गर्ने, कहिले गर्दैछ बुक क्लोज ?

काठमाडौँ– सर्वोत्तम सिमेन्टले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीले गत वर्षको नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश वितरणसहितका एजेन्डाहरु पारित गर्न कम्पनीले वैशाख १२ गते साधारण सभा बोलाएको छ ।

अब आगामी साधारण सभाले पारित गरेपछि यो लाभांश वितरण गर्ने संस्थाले जनाएको हो । साथै, कम्पनीले साधारण सभा र बुक क्लोज मिति पनि घोषणा गरेको छ ।

सभा, होटल भिलासा, भैरहवा रुपेन्देहीमा बस्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि सर्वोत्तमले चैत ३० गते शुक्रबार एक दिन बुक क्लोज गर्ने भएको छ ।

यसआधारमा चैत २९ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?