मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एप्पलले बन्द गर्‍यो ‘सेल्फ ड्राइभिङ प्रोजेक्ट’, ६ सय १४ कर्मचारी कटौती

काठमाडौँ – एप्पलले सेल्फ ड्राइभिङ कार योजना छाडे पछि ६ सय भन्दा बढी रोजगारी कटौती गरेको छ ।

अधिकांश रोजगार कटौतीमा पर्नेहरूमा हालै क्यालिफोर्नियामा परित्याग गरिएको सेल्फ ड्राइभिङ कार प्रोजेक्टमा काम गरिरहेका हुन ।

ब्लूमबर्गका अनुसार राज्यको रोजगार विभागलाई २८ मार्चमा सूचित गरिएको थियो कि ६१४ कर्मचारीहरू मे महिनामा हटाइने छन् ।

टेक कम्पनीहरूले हालका वर्षहरूमा सामूहिक रोजगार कटौतीलाई निरन्तरता दिइरहेका छन् । अन्य फर्महरू भन्दा यो फरक छ तर कोभिड महामारी पछि सयौँ हजार रोजगारी कटौती भएका छन् ।

गत वर्ष मेमा एप्पल मालिक टिम कुकले रोजगार कटौती अन्तिम उपाय भएकाे  सीएनबीसीलाई बताएका थिए । ट्रयाकर लाइफिज डट एफवाइका अनुसार २०२४ मा उद्योगमा हालसम्म ५० हजार भन्दा बढी रोजगारी कटौती भएको छन् ।

जसमा अमेजन, गुगल, माइक्रोसफ्ट, स्न्याप र पेपल जस्ता उच्च प्रोफाइल फर्महरू २०२४ मा रोजगारी कटौतीको घोषणा गर्ने ठुला टेक कम्पनीहरू हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?