मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हतियार देखाएर सिरहामा दिनदहाडै लुटियो १५ लाख

  सिरहा – सिरहामा दिउँसै हतियार  देखाएर मनि ट्रान्सफरको रकम लुटेको छ ।

सिरहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट हतियार देखाएर लुटिएको हो।  

भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरूले स. ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित आइरहेका पुरुषोत्तम यादवलाई हतियार देखाएर नगद सहित २ थान ग्लोबल आईएमई बैकको र ३ वटा राष्ट्रिय वाणिज्य बैङ्कको खालि चेक र मोबाइल समेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

लुटिएको रकम विष्णुपुर गाउँपालिका १ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ ।

यादवले दिएका बयान अनुसार लुटेरामध्ये मोटरसाइकल चलाउनेले क्रिम कलरको र पछाडि बस्नेले रातो रङ्गको कपडा लगाएको प्रहरीले बताए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले घटनाको पुष्टि गर्दै थप विवरणहरू सङ्कलन भइरहेको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?