मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युवामाझ लोकप्रिय बबल टी कसरी बनाउने ? 

बबल टी सन् १९८० को दशकको शुरुमा ताइवानबाट प्रचलनमा आएको चियामा आधारित पेय हो ।  ताइवानी आप्रवासीहरूले यसलाई सन् १९९० को दशकमा संयुक्त राज्य अमेरिकामा ल्याए । 

शुरुमा क्यालिफोर्नियामा लस एन्जलस काउन्टी लगायतका क्षेत्रहरू हुँदै विश्वमै फैलिएको यो पेयको विशेषता चपाउन मिल्ने दाना समावेश हुनु हो ।

‘बबल टी’ युवापुस्ताले पछिल्लो समय रुचाइरहेको पेय पदार्थ हो । कहिल्यै बबल टीको स्वाद नचाखेका व्यक्तिले पनि यसको बारेमा सुनेका हुन सक्छन् । 

कसरी बन्छ ?

बबल टीको मुख्य सामग्री कासाबा पर्ल हो, जुन पिँडालुको पिठोबाट बनेको हुन्छ । कफी वा टी फ्लेबर पाउडर, जुस फ्लेबर पाउडर पाइन्छन्छ । 

टी हाउस वा सुपर मार्केटमा बबल टीका लागि सामग्री उपलब्ध हुन्छ । स्वास्थ्यका हिसाबले पनि यो राम्रो मानिन्छ । 

बबल टीका लागि पहिले कसबा पर्ललाई उम्लिएको पानीमा पकाउने, मज्जाले पाकेर सफ्ट हुनासाथ चिसो पानीले पखालेर चिस्याउने र एक साइडमा राख्ने ।

ब्राउन सुगर (खैराे चिनी) को सिरप तयार गरेर बोइल गरेको कसाबा पर्ललाई भिजाएर राख्ने । प्यानमा आफूले इच्छाएको फ्लेबरमा ब्ल्याक टी बनाएर राख्ने ।

कन्डेन्स मिल्कको डब्बा खोलेर तयारी अवस्थामा घोलेर राख्ने । आफ्नो इच्छाअनुसार ग्लास वा जारमा बोइल गरेर राखेको कसाबा पर्ल हाल्ने र माथिबाट आइस क्युब हाल्दिने ।

माथिबाट तयारी अवस्थामा राखेको ब्ल्याक टी खन्याइदिने र अन्तमा कन्डेन्स मिल्क हालेर हल्का चलाउने । अब तयार भएको बबल टी मा ‘स्ट्र’ राखेर सर्भ गर्न सकिन्छ । विभिन्न फ्रुट फ्लेबर र स्विटनर थपेर पिउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?