काठमाडौं- किरण राव हालै रिलिज भएको फिल्म ‘लाप्ता लेडिज’का कारण चर्चामा छिन् । चलचित्रले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको छ र बक्स अफिसमा राम्रो कलेक्सन गरेको छ ।
‘लापता लेडिज’ आमिर खानको प्रोडक्सन हाउसमा बनेको हो भने किरण रावले निर्देशन गरेकी हुन् । आफ्नो फिल्मको सफलतापछि किरण रावले आमिर खानसँगको सम्बन्ध र सम्बन्ध विच्छेदको बारेमा कुरा गरेकी छिन् ।
आमिर खानसँगको सम्बन्धविच्छेदको बारेमा कुरा गर्दै किरण रावले ब्रुट इन्डियालाई दिएको एक अन्तर्वार्तामा भनेकी छिन्, ‘मैले आफ्नो पूरा समय लगाएँ, त्यसैले म यसमा चिन्तित थिइनँ । कुरा यो हो कि आमिर र म धेरै बलियो थियौँ र हामी दुई मानवको रूपमा धेरै बलियो बन्धन छ । हामी एकअर्कासँग धेरै जोडिएका छौं। हामी एकअर्कालाई धेरै सम्मान र माया गर्छौं, त्यसैले त्यो परिवर्तन भएको छैन र त्यसैले मलाई चिन्ता थिएन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया