मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आलुले चिनिएको हेम्जा

काठमाडौं- पोखरा महानगरपालिका–२५ हेम्जा आलुका लागि प्रख्यात मानिन्छ । महानगरको कृषि महाशाखाका अनुसार हेम्जामा झन्डै तीन सय हेक्टरमा आलुखेती हुने गरेको छ । पाँच सय बढी किसानले व्यावसायिक आलुखेती गरिरहेका महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

उनका अनुसार हेम्जामा वार्षिक चार हजार पाँच सय मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको छ । “वर्षमा झन्डै रु १० करोड बराबरको आलु उत्पादन हुन्छ”, कडरियाले भने, “हेम्जाको आलु देशमै ‘ब्रान्ड’ बनिसकेको छ ।”

महानगरको तथ्याङ्कअनुसार केही वर्षअघिसम्म हेम्जामा चार सय ५० हेक्टरमा आलुखेती हुने गरेकामा त्यो घटेर अहिले करिब तीन सय हेक्टरमा सीमित भएको हो । आलुखेतीका लागि हेम्जा उर्वर थलो रहेको भन्दै महाशाखा प्रमुख कडरियाले पछिल्लो समय घरघडेरी विस्तारले उब्जाउ जमिन नासिएकामा भने चिन्ता व्यक्त गरे ।

उनका अनुसार राजमार्ग विस्तार, ठूला पूर्वाधार र तीव्र बजारीकरणका कारण हेम्जाको कृषियोग्य जमिन घट्दै गएको हो । हेम्जाको आलु बजारमा आउँदा पोखरामा बाहिरबाट आयात हुने झन्डै ५० प्रतिशतले घट्ने गरेको महाशाखा प्रमुख कडरियाले बताए ।

महानगरका अन्य वडामा पनि व्यावसायिक आलु खेती प्रवर्द्धन गर्न सकिए पोखराको बजार मागलाई धान्न सकिने उनको भनाइ छ । यहाँ ‘एमएस–४२’, खुमल लक्ष्मी, जनकदेवलगायत जातका आलु बाली लगाउने गरिएको स्थानीय वसन्त श्रेष्ठले बताए ।

किसानले कात्तिक/मङ्सिरमा लगाएको आलु चैतसम्ममा भित्र्याउन सकिने उनको भनाइ छ । “यहाँ हिउँदे आलुको मात्रै खेती हुन्छ । यहाँ फल्ने आलु राजमार्गको पहुँचका कारण सहजै बजारसम्म पुग्ने गरेको छ । उपभोक्ताले पनि हेम्जाको आलु खोजीखोजी किन्छन्,”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?