मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बारीमा तरकारी, घरमै रोजगारी

काठमाडौं- बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारूको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उनको आम्दानीको स्रोत नै खेतबारी हो । टेकराजका धेरै साथीहरु रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी मजदुरी गर्न नेपालगञ्जमा भौँतारिरहेका छन् ।

उनले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन् । “मेरो जागिर भने पनि रोजगारी भने पनि यही तरकारीखेती हो । बिहानदेखि साँझसम्म यहीँ काम गर्छु”, आफूले गरेको तरकारीखेती देखाउँदै टेकराजले भने, “आफ्नो घरमा बसेर तरकारीखेती गर्दै आएको छु कुनै सिजनमा सोचेभन्दा राम्रो आम्दानी हुन्छ, कहिले अलि थोरै हुन्छ ।”

टेकराजले आफूसँगै घरपरिवारका सदस्यहरुलाई पनि तरकारीखेतीको काममा लगाउने गरेका छन् । तरकारीखेतीबाटै जीवन निर्वाह गर्दै आएका उनले वार्षिक करिब रु १० देखि १२ लाखसम्म कमाई गर्ने गरेको बताए ।

व्यावसायिक तरकारीखेतीमा दैनिक श्रम गर्ने उनलाई आफ्नै खेतबारीमै विदेशमा पाइनेभन्दा उत्तम रोजगारी मिलेको अनुभूति हुन्छ । विगतमा उहाँ निर्वाहमुखी खेती गर्दै आएपनि पछिल्लो एक दशकदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् ।

बाह्रैमास उनको खेतबारी हराभरा देखिन्छ । मौसमी र बेमौसमी तरकारीखेती गर्ने उनको दैनिकी पनि निकै व्यस्त हुन्छ । “परिवारसँगै हाँसीखेली काम गर्न पाइएको छ, परिवारमा दुःख पर्दा सहयोग हुन्छ”, टेकराजले भने, “कोही बिरामी पर्दा विदेशबाट भनेकै बेला सहयोग गर्न घर आउँछु भन्न पाइँदैन, सबै परिवार घरमा हुँदा एकअर्काका लागि पनि निकै सहयोग पुगेको छ ।”

अहिले उनको खेतबारीमा काँक्रा, गोलभेँडा, फर्सी, खुर्सानीलगायत तरकारी बिक्री गर्ने अवस्थामा छन् भने घिरौँला, तोराय, लौका, तर्भुजलगायत तरकारी तयार हुँदै गएका छन् । रोजगारीको खोजीमा युवा जनशक्ति विदेश पलायन बढ्दो छ । स्वदेशमा रोजगारीको सम्भावना नभएको भन्दै विदेश पस्ने युवाका लागि टेकराज प्रेरणाको स्रोत बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?