काठमाडौं- अफ्रिकी मुलुक जिम्बाब्वे सबैभन्दा ठूलो मान भएको मुद्राका लागि चर्चित छ । एक पटक यस देशले १०० ट्रिलियन (१००००००००००००००) जिम्बाब्वेन डलरको मुद्रा जारी गरेको थियो ।
यद्यपि तीव्र मुद्रास्फीतिका कारण यस मुद्राको भाउ केबल ४० अमेरिकी सेन्टसम्म झरेको थियो । हालै जिम्बाब्वेले नयाँ मुद्रा जारी गरेको छ । नयाँ मुद्रा सुनको भाउमा आधारित रहेको बीबीसीले जनाएको छ ।
नयाँ मुद्रालाई ‘जिम्बाब्वे गोल्ड’ (जेडआईजी–जिग) नाम दिइएको छ । नयाँ मुद्रा १ देखि २ सय जिगमा आउनेछ ।
विगत २५ वर्षदेखि एकपछि अर्को आर्थिक संकटको भुमरीमा फसेको जिम्बाब्वेमा नयाँ मुद्रा जारी भएसँगै केही राहत मिल्ने अपेक्षा गरिएको छ ।
नयाँ मुद्रा सार्वजनिक गर्दै जिम्बाब्वेको केन्द्रीय बैंकका गभर्नर जोन मुशायाभान्हुले यसबाट आर्थतन्त्र स्थीर हुन मद्दत मिल्ने विश्वास व्यक्त गरे ।
सरकारले नागरिकलाई पुरानो मुद्रासँग नयाँ मुद्रा साट्न २१ दिनको समय दिएको छ । यद्यपि मुलुकमा अमेरिकी डलरलाई पनि वैध मानेर कारोबार गर्न मिल्ने बीबीसीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया