मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तामाङ अध्ययन प्रतिष्ठानले मनायाे पहिलाे स्थापना दिवस

काठमाडौँ– तामाङ अध्ययन प्रतिष्ठानले आज चैत्र २३ गते आफ्नो स्थापना दिवस मनाएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गरिएको कार्यक्रममा तामाङ समुदायका लेखक तथा प्राज्ञिक व्यक्तित्वहरु डा.गणेश योञ्जन, सिताराम तामाङ, कुमारी लामा लगायतकाको उपस्थितिमा स्थापना दिवस मनाएको हो ।

तामाङ समुदायको इतिहास, संस्कृति, परम्परा, रीतिरिवाज, आर्थिक, सामाजिक जस्ता पक्षको गुणात्मक तथा प्राज्ञिक अध्ययनका आधारमा तथ्यगत रुपमा खोज र अनुसन्धान गर्ने उद्देश्यले एक वर्ष अगाडि नै प्रतिष्ठानको स्थापना भएको थियो ।

अबदेखि प्रत्येक ‘चैत्र २३ गते’लाई प्रतिष्ठानले स्थापना दिवसका रुपमा मनाउने प्रतिस्थानका कार्यकारी सदस्य डा. सङग्राम सिं लामाले बताए । ‘तामाङ समाजबारे गुणस्तरीय प्राज्ञिक अध्ययन र प्रकाशन गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘यसमा ज्ञानको निर्माण गर्ने हाम्रो उद्देश्य हो, जुन सहजै गर्न पनि सकिँदैन ।

हामीले विभिन्न संस्था तथा निकायहरुसँग सहकार्य गरेर काम गर्नेछौं ।’ प्रतिष्ठानले विशेषतः तामाङ समाज र इतिहासको अध्ययन, अनुसन्धान, प्रकाशन, कार्यशाला तथा विचार गोष्टी र त्यसको त्यसको अर्काइभ राख्ने काम गर्नेछ ।
कार्यक्रममा प्रतिष्ठानले आफ्नो वेवसाइटको समेत औपचारिक शुरुवात गर्‍याे ।

प्रतिष्ठानले वर्षभरीमा गर्ने कार्यक्रमहरुको विवरण समेत प्रस्तुत गरेको थियो । जस अन्तर्गत प्रतिष्ठानले तामाङ समाजमा आधारित भएर अनुसन्धान गर्न चाहनेहरुका लागि फेलोसिप समेत आह्वान गरेको ।

त्यस्तै विभिन्न लेखन, अनुसन्धान सम्बन्धि कार्यशाला तथा गोष्ठीका लागि आवेदकहरुलाई आवेदन दिन सूचना जारी गरेको छ । सूचना प्रतिष्ठानको वेव साइटमा हेर्न सकिन्छ ।

कार्यक्रममा प्रतिष्ठानले ताम्बा, लामा तथा संगीत सर्जक तथा अनुसन्धाता धावा वाङ्गेल लामालाई सम्मान गरेको छ । तामाङ समाजको लागि केही गर्न समुदायको सिङ्गो तामाङहरुले सहयोग गर्ने अपेक्षा प्रतिष्ठानको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?