मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजार तीन सयले ओरालो लागेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ३२ हजार सात सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु एक लाख ३४ हजारमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन पनि तोलामा रु एक हजार तीन सयले ओरालो लागेको छ । बिहीबार प्रतितोला रु एक लाख ३३ हजार तीन सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ३२ हजार ५० निर्धारण भएको हो ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु एक हजार छ सय १५ निर्धारण भएको छ ।

बिहीबार चाँदी प्रतितोला रु एक हजार छ सय ५० मा कारोबार भएको थियो । यस आधारमा चाँदी तोलामा रु ३५ ले घटेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?