काठमाडौँ – त्रिभुवन विश्वविद्यालयअन्तर्गत पत्रकारिता तथा आमसञ्चार विभागमा अध्ययन गरेका पूर्वविद्यार्थीहरुको भेलाले आज पूर्व ‘अल्मुनाइ’ गठन गरेको छ ।
विभागका प्रमुख प्रा चीरञ्जीवी खनालको उपस्थितिमा भएको भेलाले माधवप्रसाद तिवारीको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा लीला भट्टराई, सचिवमा शन्तराम विडारी र कोषाध्यक्षमा पूर्णिमा पराजुली रहेका छन् ।
यस्तै सदस्यहरुमा लोकेन्द्र केसी, हेलिमा राई, बाबुराम तिमल्सिना, सुनील पौडेल, प्रवीण पोखरेल, कुमारसिंह विष्ट, सौगात मिश्र, सोमप्रसाद डोटेल र सन्तोगा रोकाया रहेका थिए । अल्मुनाइ गठनका लागि विभागले उपप्राध्यापक डा जगत नेपाल, तिवारी र भट्टराई रहेको कार्यदल गठन गरेको थियो ।
भेलामा विभागका प्रमुख प्रा खनालले पत्रकारिता अध्ययन गरेका पूर्वविद्यार्थीहरु विभिन्न सञ्चारमाध्यमका साथै देशदेशान्तरमा कार्यरत हुन पुगेको स्थितिमा अल्मुनाइ ती सबैलाई जोड्ने सेतु बन्न सक्ने बताए ।
विश्वविद्यालयले २०५८ सालदेखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ सालदेखि विद्यावारिधि तथा २०७४ सालदेखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन प्रारम्भ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया