मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चर्चित नेपाली गिटारिस्ट शर्माले कंगना स्टारर फिल्म ‘तेजस’बाट बलिउडमा डेब्यु गर्दै

काठमाडौं – चर्चित नेपाली गिटारिस्ट रोशन शर्माले कंगना रनौत स्टारर फिल्म ‘तेजस’बाट बलिउड डेब्यु गरेका छन् । फिल्मको तीन गीतमा उनले अरिजित सिंह, श्रेया घोषाल र ओशो जैनसँग सहकार्य समेत गरेका छन् ।

अरिजितको स्वरमा रहेको ‘जान दा ‘सैयाँ भे’, घोषालको ‘जान दा ‘रबकी दुआ’, ओशोको ‘इश्क है राँझे दा’मा उनले गिटार प्रस्तुति दिएका छन् । शंकर महादेवनले गाएको एक गीत भने सार्वजनिक भएको उनले बताए ।

अर्का प्रसिद्ध बलिउड गायक जुबिन नौटियालको क्लासिक एल्बममा समेत सहकार्य हुने निश्चित भएको शर्माले जनाए । ‘उहाँहरुले मलाई इन्स्टाग्राममा मेरो भिडियो देखेर अप्रोच गर्नुभएको हो । त्यसपछि काम गर्न तयार भएँ,’ उनले भने ।

२०४८ सालदेखि गिटार बजाउन थालेका शर्मा ‘ऊर्जा’ नामक ब्याण्डसँग आबद्ध थिए । अहिले ब्याण्ड छिन्नभिन्न भएपनि उनी स्वतन्त्र रुपमा काम गर्दै आएका छन् । उनी विश्वभर गिटारको अनलाइन क्लास पनि लिन्छन् ।

उनी ग्रामी अवार्ड विजेता भारतीय वाद्यबादक विश्व मोहन भट्टका विद्यार्थी समेत हुन् । आफू गायक नौटियालको गीत रेकर्डका लागि चाँडै मुम्बई जान लागेको उनले बताए । शर्मा धरानमा बसोबास गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?