काठमाडौँ– हस्ताक्षर अर्थात् सिग्नेचर हरेक मान्छेको पहिचान हो । खासगरी अनलाइन फाराम भर्नुपर्दा वा डिजिटल कागजात तयार गर्दा डिजिटल सिग्नेचर राख्नुपर्ने अवस्था आउँछ ।
यस्तो अवस्थामा धेरै मानिसहरुले आफ्ना कागजातलाई प्रिन्ट गरी हस्ताक्षर गर्छन् । र स्क्यान गरेर पुनः पठाउँछन् । यो प्रक्रिया अलि झन्झटिलो हुन सक्छ ।
आज हामी तपाईँलाई मोबाइलबाट डिजिटल सिग्नेचर बनाउने तरिका बताउदैछौँ ।
– सर्वप्रथम सेतो कागजमा हस्ताक्षर गर्ने ।
– त्यसपछि स्क्यानर एप वा क्यामेराबाटै फोटो खिच्ने ।
– त्यसपछि फोटोको ब्याकग्राउन्ड हटाइ फोटो पीएनजी फर्म्याटमा राख्ने ।
– अब सोझै फोटोलाई डिजिटल सिग्नेचरका रुपमा प्रयोग गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया