मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कुनाल र एकता कपुरको सम्बन्धविच्छेद

काठमाडौं- दिल्ली उच्च अदालतले सेलिब्रेटी शेफ कुनाल कपुरलाई सम्बन्धविच्छेद गर्न आदेश दिएको छ । श्रीमतीले आफू र परिवारलाई सधै दुर्व्यवहार गरेको भन्दै कुनालले दायर गरेको मुद्दामा उच्च अदालतले सम्बन्धविच्छेदको आदेश दिएको हो ।

यसअघि पारिवारिक अदालतले भने उनको मुद्दामा सम्बन्धविच्छेदको आदेश दिन अस्वीकार गरेको आजतकले जनाएको छ ।

कुनालले सन् २००८ मा एकता कपुर नाम गरेकी महिलासँग विवाह गरेका थिए । सन् २०१२ मा सन्तान जन्माएपनि उनीहरुको सम्बन्ध पहिलेबाट नै चिसिएको बताइएको छ ।

कुनालले दायर गरेको मुद्दामा एकताले आफ्ना आमाबुवालाई कहिल्यै सम्मान नगरेको र सधैँ हेला गर्ने गरेको आरो लगाएका थिए । यता एकताले भने आफूले सधैं श्रीमतीको जिम्मेवारी पूरा गरेको र पति अनि परिवारप्रति वफादार रहेको बाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?